Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामाको घोषणा गरेका छन्। उनीहरुले आफूहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थानीय प्रशासनलाई समेत बोधार्थ दिएका छन्।

गत भदौ २ गते अस्पतालमा ड्युटीमा रहेका डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। उक्त घटनालाई बढाइचढाई गरी पिडित डा साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि उनीहरु आनदोलनमा उत्रिएका हुन्। उनीहरुले डा साहमाथि जारी पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन्। डा साहलाई कुट्ने कर्मचारीलाई प्रतिष्ठानले ४५ दिन निलम्बन गरेको छ ।

राजीनामा दिनेहरुले पिडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकै बेला केही व्यक्तिहरुले बच्चाको बहाना बनाई असुरक्षित वातावरण बनाएको भन्दै यस्तो भयावह वातावरणमा सेवा दिन नसक्ने जनाएका छन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन