थप २३० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८३६ जनाको नमुना परीक्षण गरिएकोमा २३० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख ६५ हजार २०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २ हजार ५०५ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?