डा साह विरुद्धको पक्राउ पूर्जी तुरुन्त खारेज गर्न चिकित्सक संघको अल्टिमेटम
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुर्जी तुरुन्त खारेज गर्न माग गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दे संघले प्रतिष्ठानमै कार्यरत कर्मचारीद्धारा कुटपिटमा परेका डा साहलाई बाल हिंसा विरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ७२ घण्टा भित्र सो खारेज गर्न माग गरेको छ।
यदि कुनै चिकित्सकद्वारा अस्पतालमा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दफा ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरी कसूर गरेको प्रमाण भेटिएमा निजविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई लेखि पठाउने व्यवस्था छ । संघका महासचिव बद्री रिजालले उक्त व्यवस्थालाई नजर अन्दाज गरी सिधै डाक्टरलाई रिसिबी साँधेर थुनाको पुर्जी काट्नु निन्दनीय भएको बताए ।
उनले चिकित्सक माथि भएको अन्यायलाई ७२ घण्टा भित्र सम्बोधन नभए नेपाल चिकित्सक संघ आन्दोलनमा जाने समेत जनाए ।
गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। जुम्लाकै एक स्कूलमा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल शाहीले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।
उता नेपाल मेडिकल काउन्सिलले पनि उपचारका क्रममा चिकित्सकको लापरबाही वा हेलचेक्राई सम्बन्धी घटनामा अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण