Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्वका ठूला तीन अस्पतालमा स्वास्थ्य बीमा बन्द हुँदा नवीकरण गर्ने आधाले घटे

पूर्वका ठूला तीन अस्पतालमा स्वास्थ्य बीमा बन्द हुँदा नवीकरण गर्ने आधाले घटे

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वका तीन ठूला निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द हुँदा त्यस क्षेत्रका बिरामी चरम मारमा परेका छन्। सुविधासम्पन्न र उच्च प्रविधि भएका ठूला अस्पतालमै सेवा पाउने आशमा बीमा गराएका बिरामीले सेवा नपाउने भएपछि नवीकरण गर्न छोडेका छन्। सबैभन्दा बढी बिरामीको चाप हुने र सबै सेवा उपलब्ध भएकाे झापाको बिर्तामाेडमा रहेको बीएण्डसी अस्पताल, विराटनगको नोवेल मेडिकल कलेज र मोरङको विराट मेडिकल कलेजले स्वास्थ्य बीमा बन्द गरेपछि यस्तो समस्या आएको हो । यी अस्पताहरुले सरकारले लामोसमयसम्म बीमा वापतको रकम भुक्तानी नगरेपछि सेवा प्रवाह नगर्ने बताएका हुन्।

यी अस्पतालहरुले ९ महिनादेखि एक वर्ष सम्मको भुक्तानी लिन बाँकी रहेको बताएका छन्। बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफूले बीमा वापतको ४० करोड भन्दा बढी रकम लिन बाँकी रहेको बताए । उनले भने, सरकारले बीमा चलाउ भन्ने अनि रकम नपठाउने हामीले कसरी उधारोमा सेवा दिन सक्छौं ? प्रसाईले बिरामीलाई दिएको सेवाको रकम पठाउन सरकार आनाकानी गर्छ भने हामीले मात्र सेवा कसरी दिन सक्छौं भनेर बन्द गरेको बताउँछन । उनले आफनो सम्पूर्ण रकम भुक्तानी नभएसम्म बीमा कार्यक्रम चलाउन नसकिने बताए ।

झापा जिल्ला देशमै सबैभन्दा बढी विमित भएको जिल्ला हो । झापामा मात्र ६ लाख बढीले स्वास्थ्य बीमा गरेका छन्। तर ठूला निजी अस्पतालमा सेवा पाउन छाडेपछि आधाभन्दा बढी विमितहरु यस वर्ष नवीकरण गर्न आएका छैनन्। स्वाथ्य बीमा बोर्ड झापाकी बीमा दर्ता अधिकारी लक्ष्मी कँडेलले बीमा गर्नेहरु सुविधासम्पन्न अस्पतालमा सेवा नपाइने भएपछि अन्यौलमा परेर बीमा नविकरण गर्न नआएको बताउँछिन। उनले एक लाख सम्मको रकमसम्म सरकारी अस्पतालमा उपचार गराए पनि प्राइभेटमा गराए पनि सेवा पाइने हुँदा धेरैले प्राइभेटमा बिना झन्झट उत्कृष्ट सेवा पाउन सकिन्छ भनेर बीमा गराएकोमा त्यहाँ ने उपचार नपाउने भएपछि सरकारी अस्पतालमा सेवा लिनका लागि किन बीमा गराउनु भनेर नवीकरण गर्न नआएको हुनसक्ने उनको भनाई छ । उनले यस वर्ष आधाभन्दा बढी विमित नवीकरण गर्न नआएको जनाइन्।

उता शनिश्चरे अस्पतालका प्रमुख डम्बर मिश्रले पूर्वका तीन ठूला अस्पतालमा स्वास्थ्य बीमा बन्द हुँदा सबैभन्दा बढी बिरामी अन्यायमा परेको बताउँछन्। उनले पूर्वमै एमआरआइ, मेशिन सरकारी अस्पतालमा नहुँदा अहिले बिरामीहरु काठमाडौंसम्म जान बाध्य भएको बताए । एमआरआई गर्नुपर्ने, सिटीस्क्यान गर्नुपर्ने बिरामी बीमा हुँदा बीएण्डसीमा बढी जाने गर्थे तर अहिले त्यहाँ बन्द हुँदा कित महंगो पैसा तिरेर प्राइभेटमा गएर उपचार लिनपर्ने कित काठमाडौं नै जानुपर्ने बाध्यता आएको बताउँछन्।

शनिश्चरे अस्पतालमा भेटिएका विमित सुदर्शन दाहालले आफूले यस वर्ष बीमा नविकरण नगर्ने निर्णय लिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा कुनै उपकरण नै हुँदैन सामान्य एक्सरे गर्न पनि एक महिना कुर्नुपर्छ अनि बीमा गरेको के काम झन दुख मात्रै हुने ।’ यो सेवा लिने पैसा त आउन जान मै सकिन्छ उनले गुनासो गरे । उनले प्राइभेटमा सेवा उपलब्ध हुँदा कम्तीमा सबै सेवा त पाइन्थ्यो अब त त्यहाँ सेवा पाइन्न भन्छन, त्यसैले म त अब बीमा नगर्ने सोचमा छु । उनी त प्रतिनिध पात्र मात्र हुन् उनी जस्तै त्यहाँ उपचार सेवा लिन आएका अधिंकाशले निजी अस्पतालमा सेवा नपाउँदा आफूहरु मारमा परेको र अब त्यहाँबाट सेवा नपाउने भए झन्झटकै लागि बीमा नगर्ने बताएका छन् ।

बीमा कार्यक्रममा सहभागी पाँच सदस्य भएका परिवारले वार्षिक रूपमा ३ हजार ५०० रुपैयाँ तिरेपछि एक लाख रुपैयाँसम्मको औषधोपचार सेवा पाउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन