Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी हुन् सुर्तीजन्य पदार्थको बट्टामा सबैभन्दा बढी चेतावनीमूलक चित्र छाप्ने १० देश

नेपाल तेस्रो नम्बरमा

यी हुन् सुर्तीजन्य पदार्थको बट्टामा सबैभन्दा बढी चेतावनीमूलक चित्र छाप्ने १० देश

हेल्थ टिभी अनलाइन \काठमाडौं : सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, पार्सल, प्याकेजिङमा सबैभन्दा बढी चेतावनीमूलक चित्र छाप्ने देशमा टिमोर लिस्टे पहिलो नम्बरमा रहेको छ ।

टिमोर लिस्टेमा सुर्तीजन्य पदार्थको बट्टामा ९२ दशमलब ५ प्रतिशत चित्र छापिएको छ । यसैगरी दोस्रो नम्बरमा टर्की रहेको छ । टर्कीमा सुर्तीजन्य पदार्थको बट्टामा ९२ दशमलब ५ प्रतिशत चित्र छापिएको छ । यसैगरी मालदिभ्सले ९० प्रतिशत चेतावनीमूलक चित्र छापेर तेस्रो नम्बरमा आएको छ । त्यसो त नेपाल पनि ९० प्रतिशत चित्र छाप्ने देशमा गनिंदै तेस्रो नम्बरमा आएको छ ।

विडम्बनाको कुरा नेपाल विश्वमै सबैभन्दा ठूलो चेतावनीमूलक चित्र छाप्ने देशमा गनिएको मात्र हैन सोही उपलब्धीका आधारमा अन्तराष्ट्रिय अवार्ड समेत जितेको थियो । तर ९० प्रतिशत चित्र पूर्ण रुपमा कार्यान्वर्यन हुन नसक्दा नेपाल तेस्रो नम्बरमा झरेको हो । यसैगरी भनटु र बेनिन पनि ९० प्रतिशत चित्र छाप्ने देशमा पर्छन । न्युजिल्याण्डमा ८७ दशमलब ५ प्रतिशत चित्र छापिंदै आएको छ । त्यसपछि हङकङ र भारतमा भने ८५ प्रतिशत चित्र छापिने गरेका छन्। थाइल्यान्ड पनि ८५ प्रतिशत चित्र छाप्ने देशमा पर्छ । विभिन्न अध्ययनहरुले देखाए बमोजिम सुर्तीजन्य पदार्थको बट्टामा जति ठूलो चेतावनीमूलक चित्र छापिन्छ त्यति नै यसको सेवनकर्ता घट्छन् एवम सेवन गर्ने मात्रामा कमी आउने गर्छ । नेपालमा गरिएकाे अध्ययनले पनि साेही कुरा देखाएकाे छ ।

त्यसैले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि यो प्रावधान विश्वभर नै लागू गर्ने गरिन्छ । अहिले त यो भन्दा पनि अझै माथि उठेर धेरै देशहरु प्लेन प्याकेजिङतर्फ जान थालेका छन्। २१ देश अहिले प्लेन प्याकेजिङतर्फ गइसकेका छन्। प्लेन प्याकेजिङ भनेको चेतावनीमूलक चित्र छाप्ने प्रावधानको अन्तिम विन्दु हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि