पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्यो पेट सिटी स्क्यान, काठमाडौं भन्दा सस्तो
हेल्थ टिभी अनलाइन \झापा : झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुरु भएको छ । योसँगै अस्पतालको सेटअपमा पेट सिटी स्क्यान सेवा सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पताल नीजि क्षेत्रको पहिलो अस्पताल बनेको छ ।
बिहिबार मुखको क्यान्सर भएका ५२ वर्षीय बिरामी नुर मोहम्मद अन्सारीको पेट सिटी स्क्यान गरेर सेवा सुरु गरिएको हो । अस्पतालले २ वर्षअघि पेट सिटी स्क्यान ल्याएको भए पनि सरकारको नीतिका कारण सुरु हुन सकेको थिएन । अब भने दुई वर्ष पछि भए पनि सेवा सुरु गर्न सकेकोमा अस्पतालका मेडिकल निर्देशक डा विरेन्द्र यादवले खुशी व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म धेरै बिरामीले सेवा लिन पाउँथे तर पनि केही छैन ढिलै भए पनि सेवा सुरु गर्न सक्यौं । यो क्यान्सरका बिरामी र हामी सबैका लागी खुशीको कुरा हो ।’

उनले पेट सिटी स्क्यान मेशिन भएर पनि बिरामीलाई अन्त पठाउन पर्दा निकै नराम्रो लाग्ने गरेको भन्दै अब भने आफ्नै अस्पतालमा सो सेवा दिन पाउँदा खुशी लागेको छ । उनले आफूहरुले अबदेखि यो सेवा नियमित गर्ने र दैनिक ८ देखि १० जनाको पेट सिटी गर्न सकिने जनाए ।
पेट सिटी स्क्यानमा प्रयोग हुने आइसोटप नेपालमा नबन्ने कारणले भारतबाट झिकाउन पर्ने र सो आइसोटप जति सक्दो छिटो प्रयोग गर्नुपर्ने हुन्छ । समय सिमाका आधारमा गुणस्तर निर्धारण हुने सो आइसोटप बागडोग्रा जुन झापाबाट आधा घण्टाका दूरीमा रहेको एअरपार्टबाट सिधै अस्पताल ल्याएर प्रयोग गर्ने हुँदा यसको गुण्स्तर अत्यन्त बढी हुने बताए । भारतको बागडोग्रा एअरपोर्टबाट अस्पताल नजिक भएका कारण पनि यसको प्रयोगमा सजिलो हुने र बढी रिजल्ट दिनेमा आफू ढुक्क रहेको उनले बताए । उनले आफूहरुले बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्य स्थानको भन्दा केही सस्तो पनि गरेको समेत जानकारी दिए ।

यसैगरी अस्पतालका न्युक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरका बिरामीका लागि पेट सिटी स्क्यान नभई नहुने परीक्षण भएको बताए । उनले क्यान्सरको रोग पत्ता लगाउन, कुन स्टेजमा छ र उपचारले कसरी काम गरिरहेको छ भन्ने जानकारी लिनका लागि यो सेवा नभइ नहुने बताए । अब यो सेवा आएपछि आफनो अस्पतालमा कुनै पनि बिरामीलाई उपचारका लागि बाहिर पठाउन नपर्ने उनले जिकीर गरे । डा उपाध्यायले पेट सिटी स्क्यानले क्यान्सर बिरामीको उपचारमा निकै सहयोगी सिद्ध हुने जिकीर गरे ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य