२४ घण्टामा २७१ संक्रमित थपिए, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९२० जनाको नमुना परीक्षण गरिएकोमा २७१ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच १७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर ३ हजार १९४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आईसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार संस्थागत आईसोलेसनमा रहेका मध्ये ४२ जनाको आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?