कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालका कर्मचारी विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन्।
अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु २४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले कर्मचारीको माग पुरा गर्नुपर्ने, कर्मचारीको करार नविकण गर्नुपर्ने, स्तरवृद्धि, तह मिलान जस्ता काम तत्काल गर्नुपर्ने जस्ता माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले एक साता भित्र आफना माग पूरा गर्न अल्टिमेटम समेत दिएका छन्। आन्दोलनमा उत्रिएका कर्मचारीले अस्पताल निर्देशक एवम लेखा प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उनीहरुको राजिनामा समेत माग गरेका छन्।
यसअघि उनीहरुले आफना मागकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराइसकेका छन्। यही शिलशिलामा उनीहरुले आज अस्पतालको गेटमा धर्ना दिने जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण