आजबाट सुरु भयो तीज, पहिलो दिन दर खाएर मनाइँदै
दरमा के खाने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : महिलाहरुको महान पर्व तीज आजदेखि सुरु भएको छ । आज घर घरमा छोरी चेलीलाई बोलाएर दर खाने चलन छ । सोही अनुरुप आज घरमा मिठाे भोजन बनाई दर खाइँदैछ ।
हरितालिकाको दिन निराहार व्रत बस्ने हुँदा एकदिन अघि थरीथरीका भोजन बनाई खाने गरिन्छ । दरका रूपमा विशेष गरी दूधबाट बनेका पनिर, मिठाई, खिर एवम अन्य परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । यस वर्षको तीज आज दर खाएर औपचारिक रूपमा सुरु भएको छ भने तीज पर्व भने ऋषि पञ्चमीसम्म मनाइन्छ । ऋषि पञ्चमीमा पूजा समापन गरेपछि मात्र तीजको व्रतको समापन भएको मानिन्छ ।
पछिल्लो समय दर खाने प्रचलनमा फरकपन आएको छ । पहिले पहिले दरका रूपमा शुद्ध शाकाहारी, दूध, खीर, मिठाई ,फलफूल,दही खाइने भए पनि अहिले पार्टी प्यालेसहरुमा दर खुवाउने चलन बढ्दो छ । त्यसमा माछा, मासु जस्ता गह्रौ भोजनहरु राखिन्छन्। तर जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती भने भोलिपल्ट व्रत बस्नेले अघिल्लो दिन माछा, मासु जस्ता पचाउन समय लाग्ने गह्रौ भोजन गर्न नहुने बताउँछिन। तीजमा पहिले पहिले जस्तो चलन थियो असाध्यै वैज्ञानिक भएको उनको भनाई छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण