गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बजारबाट तुरून्त फिर्ता गर्न निर्देशन दिएको छ।
आइतबार विभागले एक सूचना जारी गर्दै धादिङको नाैबिसेमा रहेको नोभा जेनेटिक प्राइभेट लिमिटेडले उत्पादन गरेको जिन्कोमिन – डीटी नामको चक्की औषधि बजारमा विक्री वितरणमा रोक लगाउँदै फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिकाे नमुना परीक्षण गर्दा सो औषधिले मापदण्ड पूरा गरेको नपाइएपछि विभागले सो औषधि फिर्ता गर्न भनेको हो । सोको जानकारी विभागमा गराउन पनि सूचनामा उल्लेख छ ।
साथै उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सबैलाई आग्रह गरिएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?