पछिल्लो २४ घण्टामा ३२४ संक्रमित थपिए, एक जनाको मृत्यु
काठमाडौं र ललितपुर अझै पनि रेड जोनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५१५ जनाको नमुना परीक्षण गरिएकोमा ३२४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ । यसैगरी सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ ।
गत २४ घण्टामा १५ हजार ९३४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । काठमाडौं र ललितपुर जिल्ला अझै पनि कोरोनाको रेड जोनमा रहेका छन्। अहिले काठमाडौंमा २ हजार २ जना सक्रिय संक्रमित छन् भने ललितपुरमा ६०८ जना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
सरकारले ५ सय बढी सक्रिय संक्रमित हुने जिल्लालाई रेड जोनमा राख्ने मापदण्ड बनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?