क्यान्सर बिरामीको आत्मबल बढाउँदै नेपाल क्यान्सर अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरका बिरामीको आत्मबल बलियो बनाउन नेपाल क्यान्सर अस्पतालले हरसम्भव प्रयास गरिरहेको छ ।
कहिले क्यान्सर लागेर निको भएकाहरुको भेला त कहिले सर्भाइभर मिट, त कहिले क्यान्सर विजेताको र्याम्प सो । उनीहरुलाई कसरी र के गर्दा हौसला दिन सकिन्छ भनेर अस्पतालले प्रत्येक महिना उनीहरुकै लागि भनेर सभाईभर मिट अर्थात क्यान्सरबाट निको भएकाहरुबाट उपचार गराइरहेकाहरुलाई परामर्श दिने तथा आफना अनुभव सुनाउने मौका दिंदै आएको छ ।
यही क्रममा बिहिबार अस्पतालले नेपाल क्यान्सर सपोर्ट ग्रुपसँगको सहकार्यमा ३२ औं सुदिप्त क्यान्सर सर्भाइभर मिटको आयोजना गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नै क्यान्सर विजेता एवम नेपालकी चर्चित मोडल डली गुरुङ थिइन । उनले नेपालमा अझै पनि क्यान्सरका बारेमा धेरै भ्रम रहेको भन्दै क्यान्सर हुँदैमा डराउन नपर्ने बताइन । उनले आफूले समयमै गरेको उपचार र परिवार र साथीभाईको साथ र हौसलाका कारण क्यान्सर जित्न सफल भएको बताउँदै समयमै उपचार गरे क्यान्सर निको हुने जिकीर गरिन । उनले भनिन, ‘त्यसको ज्वलन्त उदाहरण म आफै छु । म अहिले क्यान्सर जितेर सामान्य मानिस भन्दा बढी सक्रिय भएर जीवन यापन गरिरहेको छु ।’
कार्यक्रममा सुदिप्त क्यान्सर सभाईभर मिटकी संयोजक एवम क्यान्सर बिरामीको हौसला बढाउने अभियानमा सक्रिय स्वरुपा श्रेष्ठले बिरामीलाई क्यान्सर भनेको अन्य रोग जस्तै हो र म यसलाई जित्न सक्छु भन्ने आत्मबल बलियो हुनुपर्नेमा जोड दिइन । यो रोगसँगा डराउने धेरै भएको भन्दै डराउने भन्दा पनि उपचार गर्ने र आत्मबल दरो राख्न सके यसलाई सजिलै जित्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा क्यान्सर जितेकाहरुले उपचार गरिरहेका बिरामीलाई आफूले कसरी क्यान्सर रोग जित्न सफल भए भन्नेवारेमा अनुभव सुनाएका थिए । यसका साथै क्यान्सर विशेषज्ञहरुले पनि क्यान्सर रोग र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा धारणा राखेका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’