नेपालमा पहिलोपटक ‘स्लिप डिसअर्डर’ सम्बन्धी सम्मेलन हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पहिलोपटक स्लिप डिसअडर्र सम्बन्धी सम्मेलन हुन लागेको छ ।
नेप्लीज सोसाइटी अफ स्लिप डिसअर्डरले यही भदौ १० र ११ गते काठमाडौंको पार्क भिलेज रिसोर्टमा सम्मेलन गर्न लागेको हो । निद्रा सम्बन्धी समस्या अर्थात डिसअर्डर र यसले निम्त्याएका चुनौती र समाधान खोज्नका लागि यससम्बन्धी सम्मलेन गर्न लागिएको सम्मेलनका अर्गनाइजिङ चेयरपर्सन प्राडा रमेश चोखानीले जानकारी दिए ।
उनले भने, ‘निद्रालाई लिएर यस विषयमा खासै कुरा हुँदैन तर हाम्रो समाजमा समस्या विकराल छ त्यसैले पनि हामीले पहिलोपटक यस्तो सम्मेलन गर्न लागेका हौं ।’ उनले सम्मेलनमा देश विदेशका स्लिप मेडिसिनसँग सम्बन्धित र यसमा चासो राख्ने चिकित्सक, स्वास्थ्यकर्मी, वैज्ञानिक, मेडिकल विद्यार्थी लगायतको सहभागिता रहने बताए ।
२ दिनसम्म चल्ने सम्मेलनमा स्लिप मेडिसिनका विविध पक्षमा २० भन्दा बढी कार्यपत्रहरु समेत प्रस्तुत हुनेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?