भारतमा कोभिड, मंकीपक्सपछि टोमाटो फ्लूको त्रास !
हेल्थ टिभी अनलाइन : भारतमा यतिबेला कोभिड, मंकीपक्सपछि टोमाटो फ्लूको त्रास फैलिएको छ । टोमाटो फ्लु एउटा भाइरसबाट हुने राेग हाे जुन अहिले भारतकाे केरलामा तीव्र गतिमा फैलिरहेको छ। यसको आकार र रंग टमाटरको जस्तो हुने हुदाँ यसलाई टोमाटो फ्लू नाम दिइएको हो। यो ५ वर्षभन्दा मुनिका बच्चाहरुमा बढी सक्रिय रहेको देखिएको छ। यो के कारणले हुने गर्दछ भन्ने वास्तविक कारण भने अझै पत्ता लाग्न नसकेता पनि चिकित्सकहरुले उच्च सतर्कता अपनाउन सचेत गरेका छन्। केरलामा ५ वर्षभन्दा मुनिका बच्चाहरू धमाधम याे राेगकाे शिकार भइरहेकाे जनाइएकाे छ ।
यसका लक्षणहरु
शरीरको विभिन्न भागमा खटिरा आउनु र चिडचिडापन हुनु
शरीरमा पानीको मात्रा कम हुँदै जाने
उच्च मात्रामा ज्वरो आउनु
शरीर दुख्नु
थकान महसुस हुनु
रुघा लाग्नु
हाडजोर्नीहरु दुख्नु वा सुन्निनु
शरीरमा पानीको मात्रा कम हुँदै जाने
यसबाट कसरी बच्ने ?
संक्रमित व्यक्तिको सम्पर्कमा नआउने
बच्चा बच्चीहरुमा सरसफाइको विशेष ध्यान दिने
खोक्दा वा हाच्छिँउ गर्दा अनिवार्य रुपमा मुख छोप्ने
शरीरमा देखिएको खटिरालाई नछुने,नचिलाउने।यदि चलाएको खण्डमा राम्ररी साबुनपानीले हात धुने
बच्चा बच्चीलाई पानीका साथै झोलीलो पदार्थ पिउन लगाउने
यदि कुनै बच्चामा संक्रमण देखियो भने उसलाई आईसोलेसनमा राख्ने
सन्तुलित पौष्टिक आहार सेवन गर्ने
प्रयाप्त मात्रामा आराम गर्ने
आजतकबाट :





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’