थप ६५८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: देशभर २४ घण्टामा ६५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६४३ जनाको नमुना परीक्षण गरिएकोमा २८६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी ४५६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जना कारोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९३ जनाको मृत्यु भइसकेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?