Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ह्याम्स अस्पतालमा नर्सका लागि ‘इन्फेक्सन कन्ट्रोल’ सम्बन्धी तालिम सुरु

ह्याम्स अस्पतालमा नर्सका लागि ‘इन्फेक्सन कन्ट्रोल’ सम्बन्धी तालिम सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा नर्सका लागि ‘इन्फेक्सन कन्ट्रोल’ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु भएको छ । इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको सहकार्यमा अस्पतालले पहिलोपटक नर्सका लागि यस्तो विशेष तालिम सुरु गरेको हो ।

यसअघि नेपालमा दुई वटा ब्याचले सोसाइटीसँगको सहकार्यमा तालिम लिएका छन् । तर ह्याम्सको भने यो पहिलोपटक हो । ह्याम्स अस्पतालमा संक्रमण रोकथाम सम्बन्धी  तालिम लिने नर्स नेपालकै तेस्रो ब्याच हुन्।

तीन महिनाको उक्त तालिममा १७ जना नर्स सहभागी भएका छन्। उक्त तालिम लिनका लागि बीएस्सी नर्सिङ वा बीएन नर्स पढेको हुनुपर्ने ह्याम्स अस्पतालकी नर्सिंङ निर्देशक बरुणा पौडेलले जनाइन्। उनले गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि इन्फेक्सन कन्ट्रोल अस्पतालमा असाध्यै महत्वपूर्ण हुने र यसका लागि तालिमप्राप्त नर्सको आवश्यकता पर्ने हुँदा आफूहरुले आफनो अस्पतालमा तालिम सुरु गरेको बताइन्। अस्पतालमा संक्रमण फैलिन नदिन यसरी तालिम प्राप्त नर्सले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समेत उनले जिकीर गरिन्। उनले भनिन, ‘अहिले त हरेक अस्पतालमा इन्फेक्सन कन्ट्रोल विभाग छुट्याउनैपर्छ । र तालिम प्राप्त नर्स पनि हुनुपर्छ । त्यसैले पनि यस खालको तालिम उच्च स्तरको सेवा दिनका लागि अनिवार्य जस्तै भएको छ ।’

पौडेलले उक्त तालिम ३ महिनाको हुने र पहिलो ६ हप्ता बेसिक तालिम दिइने साथै अर्को ६ हप्ता विशिष्टीकृत पढाई हुने जानकारी दिइन्।

अस्पतालका अध्यक्ष आर एस भण्डारीले आफनो अस्पतालले बिरामीको गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्ने भन्दै सोही बमोजिम अस्पतालमा विभिन्न विशिष्टीकृत तालिमहरु सुरु गरेको बताए । उनले यसअघि  नर्सका लागि क्रिटिकल केयर सम्बन्धी विशिष्टीकृत तालिम गरिसकेको समेत जानकारी दिए । आगामी दिनमा यस्ता तालिमहरुलाई निरन्तरता दिने समेत उनले जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार