चिकित्सक संघको टोली जुम्लामा, कुटपिट घटनाका विषयमा छलफल गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि भएको कुटपिटका विषयमा जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका छन्। संघका केन्द्रिय उपाध्यक्ष डा अनिल विक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठान पुगेका हुन्।
घटना बारे विस्तृत रुपमा बुझ्न प्रतिष्ठान पुगेका संघका प्रतिनिधिले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलसहितका पदाधिकारी एवम कुटपिटमा परेका डा करण शाहसँग छलफल गरेका छन्।
उनीहरुले जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ का विषयमा रहेको व्यवस्थाका विषयमा जानकारी दिँदै कानुन कार्यान्वयन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।
प्रतिष्ठानको आकस्मिक कक्षमा डा शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । प्रतिष्ठानले कुटपिट गर्ने कर्मचारी शाहीलाई ४५ दिनको लागि निलम्बन गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण