२४ घण्टामा २८६ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २४ घण्टामा २८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४२३ जनाको नमुना परीक्षण गरिएकोमा २८६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी ४७९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९२ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ४ प्रतिशत रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य