आरुस लाइफस्टाइल अस्पतालमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल हस्पिटलले मधुमेहसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालले शनिबार अस्पतालमा बिरामीहरुकामाझ मधुमेहसम्बन्धी विभिन्न विषयमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा मधुमेह भएका बिरामीले कस्तो खानपान गर्ने, एक्सरसाइजमा कसरी ध्यान दिने, औषधि खाने तरिका तथा कसरी यसको सही व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो । मधुमेहलाई लिएर विभिन्न भ्रमहरु रहेको र त्यसलाई हटाउनका लागि अस्पतालले सन् २००८ देखि नै मधुमेहसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको भए पनि कोरोना महामारीपछि भने बन्द भएको थियो ।
अब फेरि अस्पतालले सचेतना कार्यक्रमलाई निरन्तरता दिन थालिएको अस्पतालका सिइओ एवम मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा सन्तोष शाक्यले जानकारी दिए । अबदेखि प्रत्येक महिनाको पहिलो शनिबार मधुमेह सचेतना कार्यक्रम हुने पनि उनले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?