Health TV Online
Health TV Online
Health TV Online

डा सुदिप श्रेष्ठलाई ‘ग्लोबल हेल्थकेयर लिडर अफ द इअर अवार्ड’

डा सुदिप श्रेष्ठलाई ‘ग्लोबल हेल्थकेयर लिडर अफ द इअर अवार्ड’

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष एवम वरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठलाई क्यान्सर क्षेत्रमा पुराएको योगदानको कदर गर्दै अन्तराष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ ।

नेटवर्क ७ मिडिया ग्रुपद्धारा प्रत्येक वर्ष स्वास्थ्यका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै समाज परिवर्तनमा महन्वपूर्ण योगदान गर्ने व्यक्तिलाई छनौट गरी अवार्ड दिने गरिएकोमा यस वर्ष डा श्रेष्ठ उत्कृष्टमा छानिएका हुन्। उक्त अवार्ड आगामी सेप्टेम्बर १० मा भारतको मुम्बईमा हुने पन्ध्रौ फर्मासिटकिल्स लिडरसीप समिट तथा फर्मा लिडर्स हेल्थकेयर लिडरसीप अवार्ड २०२२ को सम्मेलनमा प्रदान गरिने जनाइएको छ । विभिन्न देशका १२० व्यक्तिहरुलाई छानेर उनीहरुले गरेका कामका आधारमा अन्तिम चरणमा ६ जना अवार्डका लागि नोमिनेसनमा पुगेका थिए ।

ती मध्ये डा श्रेष्ठले नेपालमा सीमित स्रोत साधनका बावजुत पनि क्यान्सर बिरामीको सेवामा गरेको योगदान र जनचेतनामा उनले खर्चिएको समयका आधारमा उनको कामको सम्मान गर्दै यस वर्षको अवार्ड डा श्रेष्ठलाई दिने निर्णय गरिएको आयोजकले जनाएको छ । डा श्रेष्ठले यसबारेमा हेल्थ टिभी अनलाइसँग संक्षिप्त प्रतिक्रिया दिंदै आफूले अवार्ड पाउनका लागि भन्दा पनि क्यान्सर बिरामीलाई सहज कसरी गराउन सकिन्छ भनेर काम गरिरहेको र सधैं यसमा लागिरहने भन्दै यहीवीच आफ्नो कामको सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

डा श्रेष्ठ लामो समयदेखि नेपालीको क्यान्सर नेपालमै हुनुपर्छ भन्दै क्यान्सरको सम्पूर्ण सेवा यही उपलब्ध गराउन तल्लीन छन् । यसैगरी डा श्रेष्ठले क्यान्सरको उपचार सुरुकै अवस्थामा गर्न सके निको पार्न सकिन्छ भन्ने विषयमा पनि व्यापक जनचेतनामूलक कार्यमा सहभागी हुँदै सबैलाई सरिक गराउँदै आएका छन्। उनकै अस्पतालबाट नेपालमै पहिलोपटक क्यान्सरबाट निको भएकाहरु खुलेर बाहिर आउन थालेका छन्। जसका लागि अस्पतालले प्रत्येक महिना क्यान्सर सभाईभर मिट राख्ने गरेको छ । जसको एक मात्र उद्धेस्य भनेको क्यान्सर सुरकै अवस्थामा उपचार गरे निको हुन्छ र यो लुकाएर राख्नपर्ने रोग नभएको रहेको छ । यो सर्भाइभर मिट सुरु भएपछि भने धेरै क्यान्सरका बिरामी समाजमा खुल्न थालेका छन् । जसले गर्दा क्यान्सरकाे उपचार  गराइरहेका बिरामीको यो रोग पनि निको हुने रहेछ भनेर आत्मबल बढाउन सहयोग पुगेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार