घाँटीको क्यान्सरको उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको शनिबार राति उपचारका क्रममा निधन भएको छ।
ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ७५ बर्षीय गिरिको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचाररत थिए ।
लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनलाई पुन समस्या देखिएपछि मेडिसिटी भर्ना गरिएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए ।
गिरिको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । उनको अन्त्येष्टी आजै पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?