अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको पाँचौं महाधिवेशन सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको पाँचौं महाधिवेशन शनिबार सम्पन्न भएको छ । महाधिवेशनले संघमा अजय सत्याल (अमेरिका) को अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । सत्याल यसअघि पनि अध्यक्ष थिए । उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन्।
यसैगरी उपाध्यक्षमा निरञ्जन पौडेल र डा मनिता राजकर्णिकार , महासचिवमा राहुल रेग्मी, सचिवमा तेज कटुवाल, र कोषाध्यक्षमा उत्तम अधिकारी चयन भएका छन्। यसैगरी केन्द्रिय सदस्यहरमा मञ्जु कर्माचार्य, विनोद भट्टराई, एभरेस्ट गौतम, केदार तिमिल्सिना, राज गौतम, राजन काफ्ले, शिवराम भण्डारी, रुपेन्द्र विक्रम हमाल, अर्जुन बोगटी, दिपक श्रेष्ठ, भुपाल सिटौला, सोमेस अर्याल,वर्षा क्षेत्री, विवेक पाण्डे लगायत रहेका छन्। २५ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

काठमाडौंमा भएको महाधिवेशनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले गरेका हुन्। मन्त्री केसीले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनेपर्ने भन्दै उनले रक्तदानसम्न्धी कुनै पनि समस्या भएमा वा कानून बाधक बनेको भए त्यसका लागि स्वास्थ्य मन्त्रालय सहयोग गर्न तयार रहेको जिकीर गरे । उनले रक्तदान जस्तो महादानमा लागेको सम्पूर्ण रक्तदाताहरु धन्यवादको पात्र रहेको समेत जनाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अजय सत्यालले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तराष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म १७ देशमा आफनो शाखा विस्तार गर्न सफल भएको बताए । उनले जहाँ जहाँ जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको जनाए । उनले ३० बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’