शनिबार २९९ संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ३३७ जनाको नमुना परीक्षण गरिएकोमा २९९ संक्रमित थपिएका हुन्। यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ ।
उता यहीवीच १८ हजार ६७० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ४ हजार ६२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?