Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष तोकियो

चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष तोकियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले  चिकित्सा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षक हरुको उमेर ७० बर्ष कायम हुने निर्णय गरेको छ । आयोगले गत २४ साउनमा बसेको कार्यकारी समितिको बैठकले आगामी पाँच वर्ष पछि लागू हुने गरी शिक्षकहरुको उमेर हद ७० बर्ष तोकेको हो ।

यो नियम लागू भएपछि अबको ५ वर्षपछि चिकित्सकहरुले ७० वर्ष कटेपछी अध्ययन -अध्यापनमा सामेल हुन नपाउने भएका छन्।

अहिले चिकित्सा शिक्षा पढाउने शिक्षकहरुको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ बर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको छ । नेपाल मेडिकल काउन्सिलले तोकेको यो उमेर हदलाई चिकित्सा शिक्षा आयोगले पनि मान्दै आएको छ ।

आयोगले चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले ‘उच्च शिक्षा तहका शिक्षक ९फ्याकल्टी० को न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९” तयार पारेको थियो ।

सोही मापदण्डमा उमेर हद घटाउने निर्णय भएको हो । नयाँ मापदण्डको बुदा १४ मा भनिएको छ, ‘शिक्षक फ्याकल्टी को उमेर सम्बन्धी व्यवस्थाः अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँचबर्ष पछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सवै बिधाका शिक्षकको शिक्षकको उमेर ७० बर्ष भन्दा बढी हुने छैन ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार