२४ घण्टामा ५४२ संक्रमित थपिए, मृत्यु शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ५४२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९३० जनाको नमुना परीक्षण गरिएकोमा ५४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ९९० रहेको छ भने कोरोनाबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?