नेपाल क्यान्सर अस्पताल र मारवाडी युवा मञ्चवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल मारवाडी युवा मञ्चवीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रमकावीच अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र प्रबन्ध निर्देशक सैलेन्द्र श्रेष्ठ एवम मारवाडी युवा मञ्चका तर्फबाट अध्यक्ष सैलेन्द्र शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार मारवाडी युवा मञ्चका सदस्यहरुले नेपाल क्यान्सर अस्पतालको सेवामा क्यान्सर स्क्रिनिङतर्प २८ प्रतिशत छुट पाउने भएका छन् । यसैगरी अस्पतालको अन्य सेवामा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले बताइन्।
नेपाल क्यान्सर अस्पतालले विगत लामो समयदेखी विभिन्न संघ संस्थासँग मिलेर नि:शुल्क स्वास्थ्य शिविर तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ भने मारवाडी सेवा समिति नेपालको युवा संगठन मारवाडी युवा मञ्च हो। मारवाडी युवा मञ्च एक स्वैच्छिक युवा संगठन हो र मारवाडी सेवा समितिको कुनै पनि सदस्य ४५ वर्ष मुनिको भएमा यस मारवाडी युवा मञ्चको सदस्य हुन पाउँछन्।
अबदेखि यी दुबै संस्थाका सदस्यले नेपाल क्यान्सर अस्पतालमा उपचारमा छुट पाउने भएका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?