थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८सय ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ७३७ जनाको नमुना परीक्षण गरिएकोमा ८ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४७४ जना संक्रमणमुक्त भएका छन्।
आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना पुगेको छ । त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ९८९ जनाले ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?