पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन २ जनाको मिर्गौला प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एकैदिन २ जना बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सकहरुको टोलीको सहयोगमा शनिबार एकैदिन २ जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न सकिएको हो ।
प्रत्यारोपण हुनेमा रुपाकोट गाउँपालिका कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ बर्षका पुरुष रहेका छन् । प्रत्यारोपणका लागि उनीहरुलाई आफ्ना श्रीमतीहरुले मिर्गौला दान गरेका थिए । स्मरण रहोस नेपालमा मिर्गौला प्रत्यारोपणमा दान गर्नेमा महिला नै अगाडी रहेका छन्।
उक्त मिर्गौला प्रत्यारोपणका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा मिर्गौला प्रत्यारोपणविज्ञ डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वको टोली पोखरा पुगेको थियो ।
प्रतिष्ठानले आफनो अस्पतालमा मिर्गौला प्रत्यारोपणले निरन्तरता पाउन सकेकोमा खुशी व्यक्त गर्दै आगामाी दिनमा पनि सेवाले निरन्तरता पाउने जनाएको छ । डा. श्रेष्ठको नेतृत्वमा पोखरामा २०७९ असार ९ गते पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरू भएकाे थियाे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?