अफिनको अध्यक्षमा डा पदम खड्का
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) मा नयाँ कार्यसमिति चयन भएको छ।
काठमाडाैंमा शनिबार भएको २२ औं साधारण सभाले डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित खड्का कास्की सेवा हस्पिटल पोखराका हुन्। अध्यक्ष पदका लागि यसअघि बरिष्ठ उपाध्यक्ष समेत रहेका अल्का अस्पतालका सञ्चालक कुमार थापा र डा खड्काबीच प्रतिस्पर्धा भएको थियो ।
यसैगरी शनिबार सम्पन्न साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरि प्रसाद रिजाललाइ चयन गरेको छ। महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए।
कोषाध्यक्षमा पुन: स्वरूपा श्रेष्ठ निर्विरोध चयन भएकी छिन। उनी नेपाल क्यान्सर अस्पतालमा कार्यरत छिन्।
यसअघि नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी अफिनका अध्यक्ष थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?