भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिकालाई कोरोना खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
बालबालिकालाई दिइने खोप अभियानको दोस्रो चरण अन्तर्गत ५ वर्षदेखि १२ वर्षमूनिका बालबालिकालाई कोरोना खोप दिन लागिएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पहिलो मात्रा भदौ ५ गतेदेखि ११ गतेसम्म दिइनेछ भने दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।
सरकारले यसअघि २७ जिल्लाका बालबालिकालाई खोप दिइसकेको छ । बालबालिकाका लागि उनीहरु अध्ययन गरिरहेको विद्यालयलाई नै खोप केन्द्र तोकिएको छ । २ सयभन्दा कम खोप लगाउने विद्यार्थी भएको विद्यालयकाे हकमा भने नजिकैको विद्यालयमा खोप केन्द्र राखिएको छ । यसैगरी खोपकाबारेमा आफनो स्थानीय तहमा बुझ्न पनि मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?