तीजको अवसरमा ह्याम्स अस्पतालले ल्यायाे महिलाका लागि विशेष छुट प्याकेज
हेल्थ टिभी अनलाइन \काठमाडौं : ह्याम्स अस्पतालले तीजको अवसर पारेर महिलाहरुका लागि विशेष उपचार छुट सुविधा ल्याएको छ । अस्पतालले तीजको अवसरमा छालासम्बन्धी सम्पूर्ण सेवामा महिलालाई ५० प्रतिशतसम्म छुट दिने जनाएको हो ।
अस्पतालको एस्थेटिक मेडिसिन विभागले तीजलाई केन्द्रमा राखेर सुन्दर बन्नका लागि गरिने सम्पूर्ण उपचारमा ५० प्रतिशतसम्म छुट दिने अफर अघि सारेको हो ।
यस्ता सेवाहरुमा हाइड्रोफेसियल, डर्मा रोलर, पीआरपी थेरापी, डायड लेजर हेयर रिमुभल, केमिकल पिलिङ लगायतका सेवा रहेका छन्।
तीजकै अवसर पारेर महिलाले अन्य स्वास्थ्य जाँच गर्न परेमा पनि ५० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
यो अफर एक महिनासम्म रहनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?