नवौं तहका कन्सल्टेन्ट डाक्टर पन्तलाई स्वास्थ्य मन्त्रालयले गर्यो सेवाबाट बर्खास्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य मन्त्रालयले नवौं तहका एक जना कन्सल्टेन्ट चिकित्सकलाई सेवाबाट बर्खास्त गरेको छ ।
मन्त्रालयले जानकारी नै नदिई लामो समय अनुपस्थित रहेका कोशी अस्पताल विराटनगरमा कार्यरत कन्सल्टेन्ट रेडियोलोजिष्ट डा ओमबिजु पन्तलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले लोक सेवा आयोग (उजुरी तथा विभागीय सजाय परामर्श शाखा) बाट गत १५ साउनमा प्राप्त परामर्श सम्वन्धी पत्र अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) को कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को १ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको उल्लेख गरेको छ ।
डा पन्तलाई विस २०७५ साल वैशाख २ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण