नर्भिक अस्पताललाई दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले नर्भिक अन्तराष्ट्रिय अस्पताललाई नियम विपरित बनाएका संरचना हटाउन दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। २४ घण्टे अल्टिमेटम आएपछि नर्भिक अस्पतालले सो रोकि पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
अस्पतालले मंगलबार दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
नर्भिक अस्पतालले सस्तोमा भाडा दिने गरी सरकारी जग्गामा कानून मिचेर नक्सा पास गरेको थाहा पाएपछि काठमाडौं महानगरले सो संरचना भत्काउन २४ घण्टे समय दिएको थियो ।
संरचनाको निरीक्षण गरी तत्काल भत्काउन निर्देशन दिन महानगरका मेयर आफै अस्पताल पुगेका थिए । तर सर्वोच्चबाट यस्तो आदेश आएपछि मेयर शाहले असन्तुष्टी व्यक्त गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?