चीनमा कोरोनापछि नयाँ भाइरस लांग्याको त्रास, ३५ जना मानिस संक्रमित
हेल्थ टिभी अनलाइन : चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लांग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना संक्रमित भइसकेका बताइएको छ । कोरोनाको संक्रमणको जोखिम टर्न नपाउँदै चीनमा फेरि अर्को भाइरस आएपछि त्यहाँ त्रास फैलिएको छ ।
संक्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ।
यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ। तर लांग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन।
अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्। लेभी जुनोटिक भाइरस भएको र हेनिपाभाइरसकै एक प्रकार भएकाले यो जनावरहरूबाट मानिसमा सर्न सक्ने बताइएको छ।
जुनोटिक भाइरसहरू सामान्य भए पनि कोभिड महामारीपछि यस्ता भाइरसहरूले धेरै ध्यान खिचेको छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले मानिसहरूमा देखा पर्ने हरेक नयाँ चार सङ्क्रमणमध्ये तीन वटा जनावरबाट सर्ने गरेको बताएको छ।
बीबीसीबाट :





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?