नेपालमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर आज एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ भने ८६८ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।
सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर त बढेको छ नै त्योसँगै मृत्युदर पनि बढ्ने क्रममा देखिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य