स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा पाण्डववीच भेटवार्ता
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डववीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पुराएकाे योगदान उल्लेखनीय रहेको बताए ।
उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुने नै छ भन्नेमा विश्वस्त छु ।’ उनले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे ।
पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भई लागिरहेको बताए । उनले भने, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं । ’ विश्वस्वास्थ्य संगठनको कन्ट्री को अप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताए ।
सो क्रममा विश्व स्वास्थ्य संगठनका नेपालका डा.विनोद गुप्ताको पनि उपस्थिती रहेको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य