एकैदिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ९० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी ४३८ जना संक्रमणमुक्त भएका छन् भने दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा एक लाख ७१ हजार ८३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य