नर्भिक अस्पतालको अटेरी : तुरुन्त संरचना भत्काउन नसकिने जवाफ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालले अवैध रुपमा बनाएको टहरा तथा संरचना भत्काउन अटेरी गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सोमबार आफै नर्भिक अस्पताल पुगेर अवैध रुपमा बनेका संरचना २४ घण्टाभित्र भत्काउन अल्टिमेटम दिएर आएका थिए । तर आज अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले सो संरचनामा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलाइसिस जस्ता बिरामीको आवश्यक उपकरण रहेकाले तत्कालै भत्काउन सम्भव नभएको भन्दै महानगरलाई पत्र पठाएको बताएका छन्।
नर्भिक अस्पतालले वर्षौदेखि सरकारी जग्गा अतिक्रमण गरेर झण्डै डेढ रोपनी जग्गामा अस्पतालका लागि चाहिने संरचना बिना अनुमति बनाएको पाइएपछि महानगरले सो संरचना तत्काल भत्काउन निर्देशन दिएको हो ।
अस्पतालले लाखौं भाडा तिर्नुपर्ने भए पनि अत्यन्त सस्तोमा सो सरकारी जग्गा भाडामा लिएर भोगचलन गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?