नर्भिक अस्पतालको अवैध संरचना भत्काउन काठमाडौं महानगरको निर्देशन
२४ घण्टाभित्र अस्पतालले संरचना नभत्काए डोजर लगाएर भत्काइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बनाएको अवैध भवन तथा संरचना भत्काउन काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ ।
नर्भिक अस्पतालले झण्डै डेढ रोपनी सरकारी जग्गा हडपेर अस्पतालको लागि संरचना बनाएको पाइएपछि महानगरले ती संरचना तुरुन्त हटाउन २४ घण्टाको समय दिएको हो । महनागरका मेयर बालेन्द्र शाह आफै नर्भिक अस्पताल पुगेर अवैध रुपमा बनाइएका संरचना तुरुन्त भत्काउन निर्देशन दिएका हुन् । उनले अस्पतालले २४ घण्टाभित्र संरचना नभत्काए महानगरले डोजर लगाएर भत्काउने समेत जनाएका छन्।
सस्तोमा अस्पतालमा पार्किङका लागि भाडामा लिएको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी आफूखुशी भवन बनाएपछि काठमाडौं महानगरपालिकाले सो संरचना भत्काउन निर्देशन दिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण