Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ९३४ संक्रमित थपिए, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९३४ संक्रमित थपिए, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ९३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार देशभर गत २४ घण्टामा ५ हजार ३५१ जनाको नमुना परीक्षण गरिएकोमा ९३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।

उता यहीवीच एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार