प्रधानमन्त्रीको चर्को दबाबपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६३ वर्ष पुर्याउने बोर्डको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट चर्को दबाब आएपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६० वर्षबाट ६३ वर्ष पुराउने निर्णय गरिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको अस्पतालको बोर्ड बैठकबाट सर्जरी विभागमा काम गर्ने डाक्टरहरुको हकमा अवकाश उमेर ६३ वर्ष पुराउने निर्णय भएको बैठकमा सहभागी एक कर्मचारीले बताए । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको बोर्ड बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको दबाब आएको र सोही बमोजिम निर्णय गर्नुपर्नेे भएको भन्दै स्वास्थ्यमन्त्री खापुङले छलफल भन्दा पनि सिधै निर्णय सुनाएको स्रोतको भनाई छ ।
यही सोमबार उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका अस्पतालका सिनियर कार्डियोलोजिस्ट डा रबि मल्लको जागिर अझै ३ वर्ष जोगाइराख्नकै लागि आकस्मिक बैठक बोलाइएको र जर्बजस्ती निर्णय सुनाइएको बैठकका एक सहभागीले बताए । यसैगरी यही बोर्ड बैठकबाट सर्जरी विभागमा काम गर्ने डाक्टरहरुको तलब भत्ता १५० प्रतिशत बढाउने समेत निर्णय भएको छ । यसमा डा रामेश कोइरालाले भूमिका खेलेको बुझिएको छ ।
यसैगरी ६३ वर्षबाट ६५ वर्षसम्म पुराउने की भन्ने कुराको छलफल गर्नका लागि आजै एक समिति समेत गठन गरिएको छ । जसले एक साताभित्र राय दिने भनिएको छ ।
डाक्टर रबि मल्लका लागि एकाएक अस्पतालका निर्देशक नभएका बेला यसरी जर्बजस्ती निर्णय गरिनु गलत भएको कर्मचारी तथा डाक्टरहरुको गुनासो छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?