Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको चर्को दबाबपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६३ वर्ष पुर्‍याउने बोर्डको निर्णय

प्रधानमन्त्रीको चर्को दबाबपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६३ वर्ष  पुर्‍याउने बोर्डको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट चर्को दबाब आएपछि गंगालाल अस्पतालका डाक्टरको अवकाश उमेर ६० वर्षबाट ६३ वर्ष पुराउने निर्णय गरिएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको अस्पतालको बोर्ड बैठकबाट सर्जरी विभागमा काम गर्ने डाक्टरहरुको हकमा अवकाश उमेर ६३ वर्ष पुराउने निर्णय भएको बैठकमा सहभागी एक कर्मचारीले बताए । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको बोर्ड बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको दबाब आएको र सोही बमोजिम निर्णय गर्नुपर्नेे भएको भन्दै स्वास्थ्यमन्त्री खापुङले छलफल भन्दा पनि सिधै निर्णय सुनाएको स्रोतको भनाई छ ।

यही सोमबार उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका अस्पतालका सिनियर कार्डियोलोजिस्ट डा रबि मल्लको जागिर अझै ३ वर्ष जोगाइराख्नकै लागि आकस्मिक बैठक बोलाइएको र जर्बजस्ती निर्णय सुनाइएको बैठकका एक सहभागीले बताए । यसैगरी यही बोर्ड बैठकबाट सर्जरी विभागमा काम गर्ने डाक्टरहरुको तलब भत्ता १५० प्रतिशत बढाउने समेत निर्णय भएको छ । यसमा डा रामेश कोइरालाले भूमिका खेलेको बुझिएको छ ।

यसैगरी ६३ वर्षबाट ६५ वर्षसम्म पुराउने की भन्ने कुराको छलफल गर्नका लागि आजै एक समिति समेत गठन गरिएको छ । जसले एक साताभित्र राय दिने भनिएको छ ।

डाक्टर रबि मल्लका लागि एकाएक अस्पतालका निर्देशक नभएका बेला यसरी जर्बजस्ती निर्णय गरिनु गलत भएको कर्मचारी तथा डाक्टरहरुको गुनासो छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि