Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालमा प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप : अनिवार्य अवकाशमा जान लागेका डाक्टरको अवधि बढाइँदै

शनिबार बिहान ८ बजे बोर्ड बैठक बोलाइयो

गंगालाल अस्पतालमा प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप : अनिवार्य अवकाशमा जान लागेका डाक्टरको अवधि बढाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री कार्यालयको ठाडो आदेशमा नियमित विपरित अनिवार्य अवकाशमा जाने डाक्टरको ६० वर्ष उमेर बढाउन चलखेल सुरु भएको छ ।

शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका सिनियर कार्डियोलोजिस्ट डा रबि मल्ल यही आउँदो सोमबार ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। तर उनलाई गंगालालमा अझै ५ वर्ष राख्नका लागि प्रधानमन्त्री कार्यालय त्यो पनि डा आरजु राणाको सिधै दबाब आएपछि सो उमेर बढाएर ६५ वर्ष पुराउनका लागि शनिबार बिहान ८ बजे बोर्ड बैठक बोलाइएको छ ।

अस्पतालको बोर्डको अध्यक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री हुने नियम छ । डा मल्लका लागि अवकाश उमेर बढाउन प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यमन्त्रीलाई चर्को दबाब दिइएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ पनि यस विषयमा सकारात्मक रहेको बुझिएको छ । बोर्ड बैठकका सदस्य सचिव तथा अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी भने यसबेला बिदामा मालदिभ्समा रहेका छन्। उनी अवकाश उमेर बढाउन हुँदैन भन्ने पक्षमा रहेकाले उनी नभएकै बेलामा यो बोर्ड बैठक जबरजस्ती बोलाइएको स्रोतको दाबी छ । १३ सदस्यीय बैठकमा सबैलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरिएको छ ।

डा मल्ल प्रधानमन्त्री पत्नी आरजुका आफन्त भएको बुझिएको छ ।

अस्पतालका एक कर्मचारी भन्छन, ‘एक जना व्यक्तिका लागि किन यत्रो मरिहत्ते ! जबकी अस्पतालको नियमावली संसोधन भएको दुई महिना पनि भएको छैन र त्यसबेला डा मल्लले किन कुरा राख्नु भएन उनले प्रश्न गरे । उनले डा मल्लले अस्पतालमा म प्रधानमन्त्रीको जेठान हुँ हेर म कसरी नियम परिवर्तन गराउँछु भन्दै हिंड्ने गरेको समेत सुनाए ।

अनिवार्य अवकाशमा गए पनि गंगालालको नियमावलीमा विशेषज्ञका रुपमा अस्पतालले उक्त डाक्टरलाई करारमा राख्न मिल्ने समेत नियम छ । तर एक जना व्यक्तिका लागि प्रधानमन्त्री कार्यालयबाटै दबाब आउनु उचित नभएको अधिंकाश कर्मचारी तथा डाक्टरको भनाई छ ।

त्यसाे त डा मल्लले यसअघि आफू अवकाशमा जाने समय आएपछि गत जेठमा अनिवार्य अवकाशमा जाँदा ३० महिनाको सेवा सुविधा दिने भन्ने नियम बनाई सो पारित समेत गराएको पनि स्रोतले जनाएको छ । सो नियम अनुसार उनले अहिले नै पनि अवकाशमा जाँदा ३० महिनाको तलब सुविधा पाउने छन्।

उमेर अवधि बढाउने की भन्ने विषयमा यसअघि सल्लाह हुँदा त्यसका लागि डा रामेश कोइराला, डा राजेन्द्र कोजु र विपिन राईको एउटा उपसमिती बनाई उक्त समितीले एकेडेमिक संस्थामा उमेर बढाउन उचित हुने तर गंगालाल जस्तो संस्थामा उचित नहुने भन्ने रिपोर्ट निर्देशक मार्फत बुझाइसकेको थियो । अहिले आएर आफू अवकाश भएर जानुभन्दा दुई दिन अघि समय बढाउन पावरको चलखेल गर्नु कति उचित होला भन्ने कर्मचारीको गुनासो छ ।

यसरी आफूखुशी नियम परिवर्तन गर्ने हो भने संस्था धराशायी हुने उनीहरुको भनाई छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि