थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडाैं: देशभर थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४९१ जनाको नमुना परीक्षण गरिएकोमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
उता यहीवीच एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?