लिंग पहिचान गरी गर्भपतन गराउनेमा शिक्षित दम्पत्ती नै अगाडी
हेल्थ टिभी अनलाइन \काठमाडौं : गर्भमा छोरा वा छोरी के छ भन्ने पत्ता लगाएर छोरी भएमा गर्भपतन गर्नेमा शिक्षित समूह नै अगाडी देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार सञ्चारिका समूहले आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न मिडियामा कार्यरत सम्पादकहरुले गर्भमा के छ भनेर लिंग पहिचान गर्ने प्रवृति शिक्षित समूहमा नै बढी देखिएको भन्दै यसलाई कम गराउन कानूनको कडाईमा ध्यान दिनपर्नेमा जोड दिए ।
उनीहरुले गर्भमा छोरा वा छोरी के छ भनेर शहरी क्षेत्रमा प्रविधिको उपलब्धताका कारण सजिलै थाहा हुने हुँदा सोही कुराको फाइदा उठाउँदै लिंग पहिचान पछि छोरी भएमा गर्भपतन गर्ने गरेको पाइएको बताए ।
कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले लिंग पहिचान पछि गर्भपतन गर्ने कुरालाई कम गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नपर्नेमा जाेड दिइन । उनले त्यसका लागि छोरीको महत्व झल्कने खालका छोरीका सफल स्टोरीहरुले मिडियामा स्थान पाउनुपर्ने बताइन्।
कार्यक्रममा मिडिया तथा जेन्डर विज्ञ डा समीक्षा कोइरालाले शिक्षित दम्पत्तीहरुले प्रविधिको दुरुपयोग गर्दै छोरी बच्चाको गर्भपतन गर्ने गरेको भन्दै यसलाई राेक्न मिडियाले भूमिका खेल्न सक्ने बताइन । उनले याे भनेकाे अझै पनि हाम्रो समाजमा छोराको मोह कति छ भन्ने कुरा उजागर गरेको समेत जिकीर गरिन । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत सम्पादकहरुले आ आफनो धारणा राखेका थिए ।
नेपालमा गभर्पतनसम्बन्धी कानून अनुसार १२ हप्तासम्मको जुनसुकै गर्भ पनि महिलाले चाहेको खण्डमा सुचिकृत संस्थामा गएर गर्भपतन गराउन पाउने अधिकार छ । तर लिंग पहिचान गरेर गर्भपतन गराउन भने पाइँदैन । यसो गरेको पाइएमा कारवाही हुने कानूनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य