थप ७६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ६९० नमुना परीक्षण गरिएकोमा ७६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमितको मृत्यु भएको छ भने ३२४ जना संक्रमणमुक्त भएका छन्।
उता पछिल्लो २४ घण्टामा ४७ हजार ३४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?