आमाको दूधले बच्चालाई विभिन्न रोग लाग्नबाट बचाउँछ
हेल्थ टिभी अनलाइन \काठमाडौं : आमाको दूधमा शिशुलाई ६ महिनासम्म चाहिने सम्पूर्ण पौष्टिक तत्व तथा रोग प्रतिरोधात्मक तत्वहरु हुन्छन्।
यसले बालबालिकाको वृद्धि विकास हुन र संक्रमण हुनबाट बचाउँछ । त्यसैले ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउनु पर्दछ । पूर्ण स्तनपान गरेका शिशुहरु पछि गएर स्तनपान नगरेका बच्चाको तुलनामा बढी निरोगी तथा स्वस्थ हुन्छन्। त्यसैले आमाले आफनो बच्चालाई पछिसम्म स्वस्थ राख्नका लागि ६ महिनासम्म पूर्ण स्तनपान गराउन जरुरी हुन्छ ।
आमाले स्तनपान गराउँदा आमा र बच्चाको सम्बन्ध पनि सुमधुर हुने गर्छ । कोरोना संक्रमित आमाले पनि आफनो बच्चालाई स्तनपान गराउन मिल्छ । आमाको दूधबाट बच्चामा कोरोना सर्दैन । तर संक्रमित आमाले सही ढंगबाट अनिवार्य रुपमा मास्कको प्रयोग भने गर्नुपर्छ । साथै आफनो स्तनपान गराउनुअघि साबुन पानीले राम्ररी हात धोएर मात्र बच्चालाई लिनुपर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?