ललितपुर महानगरले बढी भिड हुने स्थानमै पुगेर कोरोना विरुद्धको खोप लगाउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि ललितपुर महानगरपालिकाले एक महिने कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै देशभर कोरोना संक्रमण बढेको र यसबाट बच्नका लागि एक मात्र उपाय खोप भएकाले एक महिनासम्म यसअघि छुटेका वा बुस्टर डोज लगाउन पर्नेलाई खोप दिन लागिएको जनाएको छ । महानगरले बढी भिडभाड हुने स्थानलाई खोप केन्द्र बनाएर खोप लगाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, यातायात कार्यालय, लगनखेल बसपार्क, मंगलबजार कृष्ण मन्दिर लगायतका सार्वजनिक स्थलमा खोप केन्द्र राखेर अभियान सुरु गरिएको महानगरले जनाएको छ ।
उक्त खोप केन्द्रबाट कारणवश एउटा डोज पनि लगाउन नपाएका, दोस्रो डोज लगाउन छुटेका वा दुबै डोज लगाएर बुस्टर डोज लगाउन नपाएकाहरुलाई खोप लगाइनेछ । खोप कार्यक्रम बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म चल्नेछ । अभियान यही साउन १५ बाट सुरु भएको हो भने भदौ १४ सम्म जारी रहनेछ





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?