Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र

तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पुराएको योगदानको कदर स्वरुप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको सम्मान गर्दै दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु सम्बन्धी भित्तेचित्र निर्माण गरिएको छ ।

नेपालस्थित अष्ट्रेलियाली दुतावासको सहयोगमा रिलेटीभ नेपाल र सारगीं सोसल ईण्टरप्राईजेजले संयुक्त रुपमा दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु शीर्षकको भित्तेचित्र निर्माण गरेका हुन्। यसको आज नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरे ।

यो भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरु निवारण गर्न सकिन्छ भन्ने रहेको छ । यसका साथै मिथिला कलाकृतिबाट पूनः प्रयोग योग्य प्लाष्टिकका बोत्तलहरु रेसाबाट निर्मित चश्माका खोलहरु बनाएर स्थानिय रोजगारी श्रृजना गर्ने र सो उत्पादनलार्ई विश्वव्यापी रुपमा बेच्ने लक्ष्य रहेको छ । जसले गर्दा नेपालमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीहरुको विश्वव्यापी प्रचारप्रसारमा थप सहयोग पुग्नेछ । विश्वव्यापी पहुँचले अमुर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरुलाई सशत्त बनाउन पनि ध्यानाकर्षित गर्ने विश्वास लिइएकाे छ ।

जनकपुरबाट मिथिला चित्रकारहरु निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले तयार गरेका यी भित्तेचित्रले तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गर्दछ । यो काम केही दुर्गम स्थानहरुमा गरिने आँखा शिविरहरुबाट सुरु हुन्छ जहाँबाट बिरामीहरु तिलगंगा सम्म आई पुग्छन र उपचार पश्चात खुसी भएर आफ्नो गाँउमा फर्कन्छन र यसरी तिलगंगा आँखा प्रतिष्ठानले बिरामीहरुको र उनीहरुको स्याहार गर्ने व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गर्दछ ।

मिथिला चित्रकारद्धय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपश्चात आँखा देख्ने सक्ने भएका चित्रकारहरु हुन् । चित्रकार सिंहका अनुसार मोतिविन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापश्चात अहिले एकदम सहज भएको छ । त्यस्तै अर्का चित्रकार यादवको पनि अनुभव रहेको छ । त्यसैले यस चित्रमा उनीहरुले आँखाको महत्वलाई यसरी चित्रित गराउँन पाउँदा खुशी लागेको बताउँछन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार