तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पुराएको योगदानको कदर स्वरुप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको सम्मान गर्दै दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु सम्बन्धी भित्तेचित्र निर्माण गरिएको छ ।
नेपालस्थित अष्ट्रेलियाली दुतावासको सहयोगमा रिलेटीभ नेपाल र सारगीं सोसल ईण्टरप्राईजेजले संयुक्त रुपमा दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु शीर्षकको भित्तेचित्र निर्माण गरेका हुन्। यसको आज नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरे ।
यो भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरु निवारण गर्न सकिन्छ भन्ने रहेको छ । यसका साथै मिथिला कलाकृतिबाट पूनः प्रयोग योग्य प्लाष्टिकका बोत्तलहरु रेसाबाट निर्मित चश्माका खोलहरु बनाएर स्थानिय रोजगारी श्रृजना गर्ने र सो उत्पादनलार्ई विश्वव्यापी रुपमा बेच्ने लक्ष्य रहेको छ । जसले गर्दा नेपालमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीहरुको विश्वव्यापी प्रचारप्रसारमा थप सहयोग पुग्नेछ । विश्वव्यापी पहुँचले अमुर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरुलाई सशत्त बनाउन पनि ध्यानाकर्षित गर्ने विश्वास लिइएकाे छ ।
जनकपुरबाट मिथिला चित्रकारहरु निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले तयार गरेका यी भित्तेचित्रले तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गर्दछ । यो काम केही दुर्गम स्थानहरुमा गरिने आँखा शिविरहरुबाट सुरु हुन्छ जहाँबाट बिरामीहरु तिलगंगा सम्म आई पुग्छन र उपचार पश्चात खुसी भएर आफ्नो गाँउमा फर्कन्छन र यसरी तिलगंगा आँखा प्रतिष्ठानले बिरामीहरुको र उनीहरुको स्याहार गर्ने व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गर्दछ ।
मिथिला चित्रकारद्धय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपश्चात आँखा देख्ने सक्ने भएका चित्रकारहरु हुन् । चित्रकार सिंहका अनुसार मोतिविन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापश्चात अहिले एकदम सहज भएको छ । त्यस्तै अर्का चित्रकार यादवको पनि अनुभव रहेको छ । त्यसैले यस चित्रमा उनीहरुले आँखाको महत्वलाई यसरी चित्रित गराउँन पाउँदा खुशी लागेको बताउँछन् ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य