काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले काठमाडौं र ललितपुर दुई जिल्ला कोरोना संक्रमणको जोखिमका हिसाबले रेड जोनमा परेका छन्।
सरकारले सक्रिय संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राख्ने गरेको छ । सरकारको यही मापदण्ड अनुसार अहिले काठमाडौं र ललितपुर रेड जोनमा परेका हुन्। देशभर सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा सबैभन्दा बढी काठमाडौंमा २ हजार ३०६ जना पुगेका छन् भने ललितपुरमा ५४३ जना सक्रिय संक्रमित रहेका छन्। त्यसो त लगभग एक प्रतिशतभन्दा कममा झरिसकेको संक्रमण दर १२ प्रतिशतभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कास्कीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितमध्ये ३६ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा हालसम्म काेराेना संक्रमणबाट ११ हजार ९६८ जनाकाे ज्यान गएकाे छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?