कोभिडको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि १७ अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सात प्रदेशका १७ अस्पतालबाट कोभिड संक्रमितको नि:शुल्क उपचार हुने जनाएको हो ।
प्रदेश १ मा कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना अस्पतालाको रुपमा सूचीकृत गरिएको छ । यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल रहेका छन्। उता बागमती प्रदेशमा वीर, शुक्रराज, त्रिवि शिक्षण अस्पताल, पाटन र भरतपुर अस्पताल तोकिएको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताललाई नि:शुल्क उपचार गर्ने अस्पतालमा राखिएको छ ।
लुम्बिनीमा लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पताल रहेका छन्। कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पताललाई कोरोनाकाे नि:शुल्क उपचार गर्नका लागि तोकिएको छ । उता सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताललाई तोकिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?